काठमाडौँ – गृहमन्त्री रमेश लेखकले राजनीति अस्थिरताले उत्पन्न निराशालाई आशामा बदल्न नेपाली कांग्रेस र एमालेको समीकरण बनेको बताएका छन् ।


ADVERTISEMENT


सोमबार काठमाडौंमा चौपातो नेपालद्वारा आयोजित विशिष्ट प्रतिभा सम्मान तथा बृहत् सांगीतिक काव्य गोष्ठीमा गृहमन्त्री लेखकले मुलुकमा राजनीतिक अस्थिरता हुँदा जनताहरु निराश भएको भन्दै मुलुकलाई स्थिरतातर्फ अघि बढाउनका लागि ठूला दल मिलेर सरकार बनाउनुपरेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी चरित्रको राज्य निर्माण गर्ने काम भएपनि राजनीतिक स्थिरता दिन नसक्दा निराशा बढेको उनले बताए ।

उनले शिथिल भएको अर्थतन्त्रलाई गतिशील बनाउन, विकास निर्माणका काम द्रुतगतिमा अगाडि बढाउन, सुशासन स्थापित गर्न, शान्ति कामय गर्न र मर्यादित रोजगारी सिर्जना गर्न वर्तमान सरकार जिकिर गरे ।

गृहमन्त्री लेखकले संविधान संशोधनको विषयलाई एजेन्डा बनाएको भन्दै संविधानको संशोधन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशी समानुपातिक सहभागितालाई थप सुदृढ गर्नका लागि हुने बताए ।

सरकार बनेको एक महिनामा १८ वर्षसम्म रुमलिएको संक्रमणकालीन न्याय सम्बन्धि कानुनलाई प्रतिनिधिसभाले पारित गरिसकेको भन्दै चाँडै संक्रमणकालीन न्यायको विषय लाई सम्बोधन गरिने गृहमन्त्री लेखकले बताए । उनले सुदूरपश्चिमलाई भारत र चीनसँग जोड्न ३–४ महिनाभित्र तिंकरमा अध्यागमन कार्यालय स्थापन गर्ने जानकारी दिए ।