काठमाडौं – आज नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान इन्दु बर्मा प्रोफेसनल एजुकेसन कन्सल्टेन्सीमा ब्रान्ड एम्बासडरको रुपमा नियुक्त भएकी छन् ।
उनी पहिलो पटक कम्पनीको ब्रान्ड एम्बासडर बनेकी हुन् । उनलाई कन्सल्टेन्सीले दुई वर्षका लागि ब्रान्ड एम्बासडरमा चयन गरेको हो ।
सम्झौता भएको मूल्य उल्लेख नगरेको भए पनि इन्दुको यात्राको खर्च पनि बेहोर्ने कन्सल्टेन्सीले जानकारी दिएको हो । कर्पोरेट क्षेत्रको यो सहयोगले आफ्नो खेल जीवनमा सहयोग पुग्ने इन्दुले बताइन् ।
नेपाली क्रिकेटमा महिला खेलाडीलाई पनि प्रोत्साहन गर्नका लागि हात अघि बढाएको कन्सलटेन्सीले जानकारी दिएको छ । नेपाली महिला क्रिकेट टिममा रहेका खेलाडीमध्ये व्यापारिक घरानाको ब्रान्ड एम्बासडर सम्झौता गर्ने इन्दु एकमात्र महिला खेलाडीसमेत हुन् ।



























































