काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा संसदमा प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीलाई सम्भावना भएको क्षेत्रमा आपत्ति रहेको आरोप लगाएका छन् ।


ADVERTISEMENT


मंगलबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो प्रतिक्रिया दिएका हुन् । ‘सरकारका प्राथमिकता हेर्दा यसले गर्न नपर्ने सबै गर्ने तर गर्न नपर्ने सबै गर्नेजस्तो देखिन थालेको छ’ उनले भने ।


ADVERTISEMENT

# # #


अघि थप्दै उनले भने, ‘म छक्क पर्छु यस्तो के समस्या छ प्रधानमन्त्रीज्यूलाई जहाँ अलिकति सेतो छ । जहाँ अलिकति सफा छ आशा छ, सम्भावना छ, त्यही प्रधानमन्त्रीज्यूलाई समस्या छ । जहाँ बेथिती छ, विकृति छ, त्यहाँ प्रधानमन्त्रीलाई समस्या छैन । त्यसमा त्ति धेरै मतलब पनि छैन ।’

यस्तै, देशमा अस्तित्वमा रहेका वायुसेवा निगम तथा आयल निगमजस्ता अधिकांश सार्वजनिक संस्थानहरु सुधारोन्मुख अवस्थामा लम्किदैँ गएपनि हाल पुनः समस्याग्रस्त अवस्थामा पुग्न थालेको उनको दाबी छ ।