काठमाडौँ– बजाज मोटरसाइकलको नेपालका लागि एक मात्र आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले भृकुटीमण्डपमा जारी नाडा अटो शोमा अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर ‘बजाज पल्सर एनएस ४०० जेड’ लन्च गरेको छ ।
नयाँ पल्सर एनएस ४०० जेडले पावर, प्रविधि र डिजाइनको संयोजनमार्फत बजाज प्रेमी नेपालीहरूलाई रोमाञ्चक राइडको अनुभव दिनेमा कम्पनी विश्वस्त रहेको छ ।
लामो समयदेखि प्रतीक्षित बजाजपल्सर एनएस ४०० जेड मा ३७३ सीसीको सिङ्गल–सिलिन्डर, लिक्विड–कुल्ड इन्जिन समावेश छ, जसले ३९.४ ब्रेक हर्स पावर र ३५ एनएमको टर्क दिन्छ । ६ गियरसम्मको गियरबक्स रहेको यस मोटरसाइकलमा गियर परिवर्तन निकै सहज रहेको छ । साथै, पल्सर एनएस ४०० जेडमा राइड–बाई–वाईर प्रविधि पनि समावेश छ जसले राम्रो थ्रोटल रेस्पोन्स दिनुका साथै पेट्रोलको खपत पनि कम गर्दछ ।
लन्चको क्रममा गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भने, ‘नेपालमा अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर ुबजाज पल्सर एनएस ४०० जेडु सार्वजनिक गर्न पाउँदा अत्यन्तै खुसी छौँ । पल्सर ब्रान्ड सधैँ पर्फर्मेन्स र इन्नोभेसनको प्रतीकको रूपमा चिनिन्छ र हामी विश्वास गर्छौं कि नेपाली बजारमा लामो समयदेखि प्रतीक्षित एनएस ४०० जेडले यो विरासतलाई नयाँ उचाइमा पुर्याउनेछ ।’
विशेषताहरूको कुरा गर्नुपर्दा बजाज पल्सर एनएस ४०० जेड अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट रहेको कम्पनीको दाबी छ । यसमा रोड, रेन, स्पोर्ट र अफ–रोड गरी चारवटा राइडिङ मोडहरू समावेश छन् ।
साथै, स्विच गर्न सकिने ट्रयाक्सन कन्ट्रोल र डुअल–च्यानल एबीएस पनि यसमा उपलब्ध छ, जसले सबै अवस्थाको रोडमा उत्कृष्ट सुरक्षा सुनिश्चित गर्दछ । यो बाइकमा ब्लुटुथ कनेक्सनसहितको नयाँ फुल–कलर एलसीडी स्क्रिन पनि समावेश छ, जसले टर्न–बाई–टर्न नेभिगेसन, म्युजिक कन्ट्रोल र अन्य आवश्यक राइड डाटा पनि प्रदान गर्छ ।
मस्कुलर र एरोडायनामिक प्रोफाइलको साथ डिजाइन गरिएको पल्सर एनएस ४०० जेडमा उत्कृष्ट डिजाइनको फुएलट्यांक, आरामदायी स्प्लिट–सिट र स्टाइलिस १७–इन्च एलोय ह्वील दिइएको छ ।
१२ लिटर क्षमताको पेट्रोल ट्यांक र ८०७ मिलिमिटरको सिटको उचाइ रहेकाले पल्सर एनएस ४०० जेड सिटी राइड र लामो दूरीको यात्रा दुवैका लागि उपयुक्त छ ।




























































