काठमाडौँ– नबिल बैंकले ‘अपोइन्टमेन्ट बैंकिङ सिस्टम’ सञ्चालनमा ल्याएको छ ।


ADVERTISEMENT


बैंकले आज एक विज्ञप्ति जारी गर्दै सहज तथा सर्वसुलभ सेवा दिने क्रममा उक्त सिस्टम सञ्चालनमा ल्याएको जनाएको छ ।


ADVERTISEMENT

# # #


बैंकिङ अनुभवलाई अभिवृद्धि गर्ने उद्देश्यले डिजाइन उक्त सेवा एक ग्राउन्डब्रेकिंग सेवा हो ।

यसमार्फत विशेषज्ञ बैंकिङ पेशेवरहरूसँग इन–शाखा र भर्चुअल अपोइन्टमेन्ट अन्र्तगत नगद काउन्टर, ऋण सोधपुछ तथा शाखा प्रतिनिधिसंग परामर्शलगायतका सेवाहरु लिन सकिनेछ ।

यसले ग्राहकहरुलाई लामो लाइनबाट राहत दिदैँ सहज रुपमा आवश्यक अनुकूल सेवाहरू प्रदान गर्ने बैंकको विश्वास छ ।