काठमाडौँ – दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनपसिप फुटबल प्रतियोगिताको उपाधि भिडन्तमा नेपालले बंगलादेशविरुद्ध तेस्रो गोल खाएको छ ।


ADVERTISEMENT


सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा बुधबार भइरहेको खेलको पहिलो हाफमा १ गोल खाएको नेपालविरुद्ध बंगलादेशले गोल संख्या तेब्बर पारेको हो ।


ADVERTISEMENT

# # #


बंगलादेशका लागि पहिलो हाफको अतिरिक्त समयमा मिराजुल इश्लामले फ्रिकीकमार्फत शानदार गोल गरेका थिए । यस्तै दोस्रो हाफ सुरु भएपछि ५५औँ मिनेटमा पनि मिराजुलले नै दोस्रो गोल गरे ।

यस्तै खेलको ७१औँ मिनेटमा रवि हुसेनले व्यक्तिगत पहिलो र बंगादेशका लागि तेस्रो गोल गरेका हुन् । बंगलादेशविरुद्ध संघर्ष गरिरहेको नेपाल भने गोलविहीन रहेको छ ।