काठमाडौँ – काठमाडौँ महानगरपालिकाले रानी पोखरीलाई बिहान हिँडडुल गर्न खुला गर्ने तयारी गरेको छ । बुधबा पोखरीको निरीक्षण गर्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले रानी पोखरी खुला गर्ने तयारी भइरहेको बताए ।


ADVERTISEMENT


उनले भने, ‘रङ्गरोगन गर्ने, मर्मत गर्नुपर्ने ठाउँमा बनाउने, त्यसपछि बिहान हिँडडुल गर्न खुला गर्ने तयारी गरेका छौँ । ‘रात्रीकालीन प्रकाशको व्यवस्था गरेर साँझमा सुन्दर बनाउनेछौँ ।’


ADVERTISEMENT

# # #


अवलोकनका क्रममा प्रशासन विभागका प्रमुख नमराज ढकाल, सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपाल, महानगर प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डे, नगर प्रहरी उपरीक्षकहरु विष्णुप्रसाद जोशी र मनोजप्रसाद लामिछाने, नगर प्रहरी नायव उपरीक्षक मीन थापासहित अधिकारीहरु सहभागी थिए ।

रानीपोखरीको अवलोकनपछि वडा नं. २७ कार्यालयमा गएर वडाध्यक्ष योगेश खड्गीसँग भेटेर रानीपोखरी खुला गर्ने विषयमा छलफल गरिएको थियो । त्यस क्रममा वडाध्यक्ष खड्गीले, रानीपोखरीलाई हिँडडुलका लागि उपलब्ध गराएपछि स्थानीयबासीलाई खुला ठाउँ प्राप्त हुने बताए ।

त्यस क्रममा खड्गीले, वडा कार्यालय भवन साँघुरो भएकोले स्थानान्तरण गर्नु पर्ने, स्वास्थ्य प्रवर्धन केन्द्र सञ्चालन गर्न केन्द्रबाट सहयोग गर्नु पर्ने, वडा र केन्द्रका पूर्वाधार निर्माणका काममा समन्वय बढाउनु पर्नेमा जोड दिँदै स्थानीय पूर्वाधार निर्माणका विषयमा जानकारी गराएका थिए ।

त्यस क्रममा प्रमुख प्रशासकीय अधिकृत परियारले स्वास्थ्य विभागका प्रमुख दिपक के.सी.लाई फोन सम्पर्क गरेर आउँदो ७ दिनभित्र स्वास्थ्य प्रवर्धन केन्द्र सञ्चालन गर्न निर्देशन दिए ।