काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जनतालाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्नका लागि सवै मिलेर काम गनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


बुधबार भक्तपुरस्थीत भक्तपुर क्यान्सर अस्पतालमा रेडियोथेरापी लगायत अत्याधुनिक स्वास्थ्य उपकरणबाट सेवा शुभारम्भ गर्दै पौडेलले सरकारी अस्पतालबाट जनताले लिने सेवा सुविधा बढाई सहज गर्नका लागि सवै मिलेर काम गर्नुपर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले तीनै तहका सरकार मिलेर अस्पतालको सेवालाई प्रभावकारी बनाउनका लागि ध्यान केन्द्रीत गर्नुपर्ने बताए । मन्त्री पौडेलले सरकारी अस्पतालको सेवा समयमा चिकित्सकहरुले पूर्ण रुपमा अस्पतालमा केन्द्रीत हुनुपर्ने र कार्यालय समयपछाडी पनि आवश्यक परे सेवा दिनका लागि तयार हुनुपर्ने धारणा राखे ।

सरकारी अस्पतालको विद्युत महशुसमा आधा छुट दिने गरि मन्त्रालयले सोच तयार गरिरहेको उनको भनाइ छ । उनले चिकित्सकको सुरक्षाको सम्पूर्ण ग्यारेन्टी सरकारले लिने बताए ।

यसैबीच देशका सरकारी क्यान्सर अस्पतालको ल्याब परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गर्ने भएको छ । संघअन्तर्गतका भक्तपुर क्यान्सर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा सम्भव नहुने ल्याब परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट गराउन मन्त्रालयमा दुवै पक्षबीच सम्झौता सम्पन्न भएको हो ।