काठमाडौँ– कांग्रेस नेता तथा परराष्ट्रमन्त्री आरजू राणा देउवाले प्रधानमन्त्री केपी शर्मा ओली केही समय पहिले महिला प्रधानमन्त्रीबारे दिएको अभिव्यक्ति आफू केन्द्रित नभएको बताएकी छन् ।
हालै प्रधानमन्त्री केपी शर्मा ओलीले महिला प्रधानमन्त्री बनाउन चाहेको सार्वजनिक अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्री ओलीको भनाइलाई कतिपयले आरजुलक्षित ठानेका थिए । यद्यपि आरजुले भने सो कुरा आफू लक्षित नभएको भन्दै त्यसबारे स्पष्ट पारेकी छन् ।
प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सो अभिव्यक्ति दिएकी हुन् । साथै उनले आगामी प्रधानमन्त्री आफू नभई शेरबहादुर देउवा नै रहेको बताइन् ।
‘प्रधानमन्त्री बन्न पहिले संसदीय दलको नेता बन्नुपर्छ । बाहिरबाट हेर्दा एउटा देखिएला तर, पार्टीभित्रै मेरो हैसियत कति छ मलाई थाहा छ । राम्रो कल्पना हो’, उनले भनिन्, ‘‘हाम्रो पार्टीको अब अर्को प्रधानमन्त्री बन्ने भनेको शेरबहादुर देउवा जी नै हो ।’



























































