काठमाडौँ – नेकपा एकीकृत समाजवादीले साना दलको अस्तित्व माथि आघात पुर्याउने गरी संविधान संशोधन गर्ने कुचेष्टा भएको निष्कर्ष निकालेको छ ।


ADVERTISEMENT


बिहीबार काठमाडौंमा बसेको एकीकृत समाजवादीको केन्द्रीय कमिटीले बैठकले साना दलको अस्तित्व माथि आघात पु¥याउने संविधान प्रदत्त अधिकार कुण्ठित गर्ने तथा समावेशी लोकतन्त्रको मूल मर्म माथि प्रहार गर्ने कुचेष्टाले संविधान संशोधन गर्ने प्रतिगामी चिन्तनहरु प्रकट हुन थालेको भन्दै आपत्ति समेत जनाएको छ ।


ADVERTISEMENT

# # #


बैठकले संघिय लोकतान्त्रिक गणतन्त्र संविधान, राष्ट्रिय स्वाभिमान तथा सार्वभौमिकता माथि हुन सक्ने षडयन्त्र र प्रहार प्रति सचेत हुँदै सम्पूर्ण लोकतान्त्रिक र देशभक्त शक्तिलाई एकजुट हुन अपिल गरेको छ । बैठकले मुलुकमा बदलिएको विषम राजनीतिक परिस्थितिलाई गम्भीर रुपमा विश्लेषण गर्दै समाजवादी मोर्चा नेपाललाई अझ प्रभावकारी ढंगले क्रियाशील बनाउने प्रतिवद्धता व्यक्त गरेको छ भने पार्टी एकताबारे चलेका हलुका प्रचारबाट प्रभावित नहुन सबैलाई आग्रह समेत गरेको छ ।

विचार, सिद्धान्त, राजनीति तथा संगठनका सबै विषयमा खुल्ला छलफलद्वारा सहमति र सहकार्य गर्दै अगाडि बढेर मात्रै कम्युनिष्ट पार्टीहरुका बीच एकता हुने समाजवादीको ठहर रहेका उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकले भ्रष्टचारको मुद्दामा हदम्याद राख्नु हुदैन भन्ने प्रष्ट अडान राख्दै भ्रष्टचारको मुद्दामा हदम्याद नराख्ने कानुन निर्माण गर्न माग गरेको उनले बताए ।

बैठकले उपनिर्वाचनमा सन्दर्भमा बरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेको संयोजकत्वमा सबै पदाधिकारी रहेको चूनाव परिचालन तथा व्यवस्थापन समिति गठन गरेको उनले जानकारी दिए ।

केही दिन यता जारी बैठकले पदाधिकारीलाई पूर्णता दिएको छ भने १ सय ५ सदस्यीय पोलिट्व्युरो चयन गरेको थियो । बैठकले पार्टीका पदाधिकारीलाई स्थायी कमिटी सदस्य मानेर स्थायी कमिटी गठन गरेको खतिवडाले बताए । बैठकले बेदुराम भुसाल, प्रवेश हमाल र घनेन्द्र बस्नेतलाई बरिष्ठ नेतामा मनोनित गरेको छ ।