काठमाडौं – संवैधानिक परिषद्ले निर्वाचन आयोगका रिक्त प्रमुख निर्वाचन आयुक्तसहित दुई आयुक्त पदमा नियुक्तिका लागि नाम सिफारिस गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बसेको परिषद् बैठकले प्रमुख निर्वाचन आयुक्त पदका लागि मानबहादुर कार्कीलाई सिफारिस गरेको छ। त्यस्तै, निर्वाचन आयुक्त पदमा गुरुप्रसाद वाग्ले र राजीव सुव्वालाई सिफारिस गर्ने निर्णय गरिएको हो।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीमराज आङ्देम्बेले प्रस्तावित व्यक्तिहरूमाथि पर्याप्त छलफल नै नगरी सिधै सिफारिस गरिएको भन्दै आपत्ति जनाएका थिए।
उनले आगामी दिनमा प्रस्तावित उम्मेदवारबारे पर्याप्त छलफलपछि मात्र सिफारिस प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीलाई सुझाव दिएका थिए।
आङ्देम्बेले विपक्षी दलसँगको संवादहीनताको अवस्था अन्त्य गर्दै महत्वपूर्ण विषयमा निरन्तर छलफल र सहमतिका आधारमा अघि बढ्न पनि प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।



























































