काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत इजिप्ट पहिलोपटक अन्तिम १६ मा प्रवेश गरेको छ। टेक्ससको डलास स्टेडियममा भएको खेलमा इजिप्टले अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै इतिहास रचेको हो। निर्धारित तथा अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको थियो।


ADVERTISEMENT


यता साविक विजेता अर्जेन्टिनाले केप भर्डेमाथि अतिरिक्त समयमा ३–२ को कठिन जित निकाल्दै अन्तिम १६ मा स्थान सुरक्षित गर्‍यो। लियोनेल मेसीको गोलसहित अर्जेन्टिनाले अग्रता लिए पनि केप भर्डेले दुई पटक बराबरी फर्काएको थियो। अन्ततः अतिरिक्त समयमा आएको आत्मघाती गोल निर्णायक बन्यो।


ADVERTISEMENT

# # #


अन्तिम १६ मा अर्जेन्टिनाले इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ।

त्यसैगरी, कोलम्बियाले घानालाई १–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ। कान्सास सिटीमा भएको खेलमा जोन एरियासले गरेको एकमात्र गोल नै कोलम्बियाको जितका लागि पर्याप्त बन्यो। अब कोलम्बियाले क्वार्टरफाइनल प्रवेशका लागि स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।