काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समानुपातिक व्यवस्था सहितको संविधानलाई थप सदृढ गर्नुपर्ने बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार काठमाडौंमा पत्रकार दीर्घराज उपाध्यायद्वारा लिखित द्वन्द्व पत्रकारिताको एक दशक पुस्तक बिमोचन गर्दै सभापति देउवाले अहिलको संविधान समावेशी भएको भन्दै समावेशी समानुपातिक व्यवस्था सहितको संविधानलाई थप सदृढ गर्नुपर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले जनताका अधिकारलाई थप बलियो बनाउनका लागि सबै दलले आवश्यक ठाने संविधान संशोधन हुन सक्ने धारणा राखे । सभापति देउवाले बहुदलीय व्यवस्थालाई स्थायी रुपमा स्थापित गर्नुपर्नेमा समेत जोड दिए ।

संविधानमा केही कमिकमजोरी भए सुधार गर्न सकिने उनको भनाइ छ । त्यस्तै उनले टीआरसीका विषयलाई सर्वसम्मत रुपमा पास भइ राष्ट्रपतिबाट प्रमाणिकरण समेत भइसकेको अवस्थामा अब देशमा द्वन्द्व नहुने विश्वास व्यक्त गरे ।

देउवाले अहिलको अवस्थामा लोकतन्त्र, मानवअधिकार निकै महत्वपूर्ण बिषय भएको धारणा राख्दै भयमुक्त समाज निर्माण गर्नुपर्ने बताए ।