काठमाडौँ – एमएडब्लु समूहले नाडा अटो शो २०२४ मा १ हजार भन्दा बढी दुई तथा चार पाङ्ग्रे सवारी साधनहरूको बुकिङ्ग गराउन सफल भएको छ ।
यस वर्षको नाडा अटो शोमा एमएडब्लु समूहले यामाहा, फोटोन, सोकोन, डोङफेङ, नामी, चाङ्गन, दीपाल, अवतार र सेरेस लगायतका ब्रान्डहरूको प्रदर्शनमा राखेको थियो । जसमा जसमा १ हजार भन्दा बढी सवारीको बुकिङ भएको कम्पनीले जनाएको छ । एमएडब्लुले राखेको हरेक स्टलमा दर्शकहरुको सहभागिता, बाक्लो रहेको थियो । यो प्रभावशाली उपलब्धिलेले ग्राहकहरुमा जगाएको विश्वास र विश्वसनीयतालाई जोड दिएको कम्पनीको भनाई छ ।
नाडा अटो शोमा कम्पनीले प्रदर्शन गरेका सवारीमा सानदार बुकिङ भएपछि एमएडब्लु समूहका निर्देशक विष्णु अग्रवालले नाडा अटो शो प्रति कृतज्ञता र उत्साह व्यक्त गरे। “नाडा अटो शोमा हाम्रो गाडीहरुप्रति ग्राहकहरुले देखाउनु भएको उत्साह र यसको अतुलनीय सफलताको घोषणा गर्न पाउँदा हामी धेरै हर्षित छौं” उनले भने, “हाम्रा ग्राहकहरूको अविश्वसनीय प्रतिक्रियाले हाम्रो अपेक्षाहरूलाई पुरा गरेको छ। यो उपलब्धि हाम्रो टोलीको कडा परिश्रम र समर्पणका साथै हाम्रा मूल्यवान ग्राहकहरूको विश्वास र समर्थनको प्रमाण हो।”
उनले थपे, “अहिले नेपालमा इभी अटोमोटिभको उपभोग बढ्दो छ, र हामी एम एडब्ल्यू समूह नवीनतम परिदृश्यलाई मध्य नजर गर्दै नवीन ऊर्जा अभी खण्डमा समर्पित एमएडब्लु वृद्धि समूहलाई अगाडि ल्याएका छौ। साथै, हामी नाडा अटोशोका आयोजकहरूलाई सफल आयोजनाको लागि बधाई दिन चाहन्छौं।”
यस्तै एमएडब्लु–वृद्धी समूहका प्रबन्ध निर्देशक विवेक सिकरियाले पनि एमएडब्लु–वृद्धिले प्रतिनिधित्व गर्ने ब्रान्डहरूमा ग्राहकहरूको विश्वासको लागि कृतज्ञता व्यक्त गरे। “हाम्रो विद्युतीय सवारीसाधन माथि देखाउनु भएको समर्थन अतुलनीय छ र यसले सस्तेनेबल भविष्यतर्फको महत्त्वपूर्ण कदमलाई देखाउँछ” उनले भने, “कमर्शियलदेखि प्यासेन्जर सवारीसाधनसम्मका हाम्रा इभ गाडीहरू ग्राहखरु माझ निकै चचित छन्, नाडाको सफलताले यसले दर्साउनछ ।”
नेपाली अटोमोटिभ उद्योगमा परिचित ना एमएडब्लु समूह विश्वसनीय, रिलायबल तथा इन्नोभेटिभ ब्राण्डहरुको विस्तार गर्न सफल भएको छ । नाडा अटो शोमा समूहको सफलता, ग्राहकको सन्तुष्टि र अटोमोटिभ उद्योगमा उत्कृष्टताप्रतिको अटल प्रतिबद्धताको प्रमाण रहेको कम्पनीको भनाई छ ।



























































