काठमाडौं – होटल संघ नेपालले बागमती प्रदेश तदर्थ समितिको अध्यक्षमा रामसुन्दर बकेलाई मनोनयन गरेको छ।


ADVERTISEMENT


होटल संघ नेपालको असार १४ गते बसेको कार्यसमिति बैठकको निर्णयअनुसार बकेलाई बागमती प्रदेश तदर्थ समितिको अध्यक्षको जिम्मेवारी दिइएको हो। संघले मनोनयनसँगै बकेलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।


ADVERTISEMENT

# # #


होटल संघ नेपालले बकेको नेतृत्वमा बागमती प्रदेशका सबै जिल्लाको प्रतिनिधित्व हुने गरी प्रभावकारी, समावेशी र सुदृढ प्रदेश समिति गठन हुने विश्वास व्यक्त गरेको छ। साथै, संघको विधान र कार्यविधिअनुसार आवश्यक समन्वय गरी प्रदेश समिति गठन गर्न तथा पदाधिकारी र सदस्यहरूको नामावली सचिवालयमा उपलब्ध गराउन आग्रह गरेको छ।

संघले प्रदेशस्तरमा होटल तथा पर्यटन क्षेत्रको विकास, व्यवसायीहरूको हित संरक्षण तथा संगठनको सुदृढीकरणमा बकेको नेतृत्वले महत्वपूर्ण भूमिका खेल्ने विश्वास समेत व्यक्त गरेको छ।