काठमाडौँ – राजधानीमा जारी एन्फा महिला लिगमा बागमती युथ क्लबले विजयी सुरुवात गरेको छ ।


ADVERTISEMENT


एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै बागमती युथ क्लबले विजयी सुरुवात गरेको हो । बागमतीले सुदूरपश्चिमलाई ५–१ गोल अन्तरले पराजित गर्यो । बागमतिका लागि अस्मिता खवासले ह्याट्रिक गर्दै १७, ८० र ८२ औं मिनेटमा गोल गरिन् ।


ADVERTISEMENT

# # #


त्यस्तै सहारा लिम्बुले २६ औं मिनेट र आरती भुजेलले ३७ औ मिनेटमा गोल गरेकी थिइन् । सुदूरपश्चिमबाट एकमात्र गोल तुल्छा बोहराले खेलको ९० मिनेटमा गरेकी थिइन् । एन्फाको आयोजनामा आइतबारबाट सुरु लिगमा लिगमा १० टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताअन्तर्गत सिङ्गल राउन्ड रोबिनको आधारमा ४५ खेल हुने र सिङ्गल राउन्ड रोबिनबाट उत्कृष्ट पाँच टीमबीच डबल राउन्ड रोबिनका आधारमा सुपर लिगमा २० खेल हुने एन्फाले जनाएको छ । सुपर लिगका उत्कृष्ट चार टीमबीच क्वालिफायर, इलिमिनेटर र फाइनल गरी लिगमा कुल ६९ खेल हुनेछन् ।

प्रतियोगिताको विजेतालाई १० लाख र उपविजेतालाई ५ लाख नगद पुरस्कार प्रदान गरिने एन्फाले जनाएको छ ।