काठमाडौँ– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन संशोधनका लागि मन्त्रिपरिषद्मा लैजाने तयारी भइरहेको बताएका छन् ।


ADVERTISEMENT


मानव बेचविखन तथा ओसारपसार विरुद्धको १८ औं राष्ट्रिय दिवसका अवसरमा महिला, कानुन र विकास मञ्चले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री सुडीले मानव बेचबिखन रोकथामका लागि सरकार गम्भीर भएर लागेको भन्दै ऐन संशोधनका लागि मन्त्रिपरिषद्मा लैजाने तयारी भइरहेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले विधेयकलाई छिटो पारित गरेर बलियो कानून बनाउदै राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा सकारात्मक सन्देश दिन जरुरी रहेको जिकिर गरे । छिटोे कानून बनाउने चाहना भएपछि बिभिन्न प्रक्रियाका कारण ढिलाई हुने गरेको उनको भनाई छ ।

मन्त्री सुडीले सरकारले कानून बनाएर मात्रै यो समस्या समाधान नहुने भन्दै सबै सरोकारवाला निकायको सहयोगको आवश्यकता रहेको जिकिर गरे ।