झापा– झापाको दमकमा गौहत्या घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ।


ADVERTISEMENT


गत मंगलबार लक्ष्मण विष्टको गोठमा बाँधी राखेको २ महिने गर्भिणी गाई हत्या गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमध्ये तीन जना भुटानी शरणार्थी र एक जना स्थानीय महिला रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए।


ADVERTISEMENT

# # #


चन्दका अनुसार पक्राउ प्रतिवादीबाट घटनामा प्रयोग भएको खुकुरी थान १, बन्चरो थान १ र मासु बोक्न प्रयोग गरेको झोला थान १ समेत बरामद भएको छ ।

प्रतिवादीबाट बरामद हतियार र अन्य सामाग्रीहरु ।

उनीहरुले गाईलाई खाली प्लटिङ जग्गामा लगि टाउकोमा बन्चरो प्रहार गरि मारेर खुट्टा करङ तथा घाँटीको मासु काटेर अन्य शरीरको भाग मात्र घटना स्थलमा छाडेको प्रहरीको भनाई छ ।

पक्राउ परेका विष्ट यसअघि विभिन्न मितिमा चोरी,डाँका र केही सार्वजनिक अपराधमा इलाका प्रहरी कार्यालय दमकबाट मुद्दा दर्ता भई कारबाहीमा परेका थिए।

त्यस्तै दुलाल पनि यसअघि विभिन्न मितिमा जिल्ला प्रहरी कार्यालय झापाबाट जबरजस्ती करणी मुद्दा र इलाका प्रहरी कार्यालय दमकबाट पशुपन्छि सम्बन्धी कसुर मुद्दामा मुद्दा दर्ता भई कारबाहीमा परेका थिए।

थापा पनि यसअघि विभिन्न मितिमा इलाका प्रहरी कार्यालय दमकबाट केही सार्वजनिक अपराधमा मुद्दा दर्ता भई कारबाहीमा परेका थिए। उनीहरुविरुद्व कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।