काठमाडौँ – भारतको चर्चित होम अप्लाएन्स ब्रान्ड क्रम्पटनको नेपालका लागि आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले यस दशैं, तिहार र छठको रमाइलो पर्वको अवसरमा आफ्ना ग्राहकहरूलाई उत्कृष्ट उपहार र आकर्षक छुटका साथ विशेष योजना प्रस्तुत गरेको छ।


ADVERTISEMENT


‘आशीर्वाद ग्रहण, थाइल्यान्ड भ्रमण’ योजना अन्तर्गत, ग्राहकहरूले क्रम्पटनका उत्पादनहरू खरीद गर्दा थाइल्यान्डको अद्भुत भ्रमण जित्ने मौका प्राप्त गर्नेछन्।


ADVERTISEMENT

# # #


क्रम्पटन, जसले आफ्नो ८० वर्षको विश्वास र अनुभवबाट ग्राहकहरूको मन जितेको छ, यस अफरमा सहभागी हुने सबैलाई विभिन्न आकर्षक पुरस्कारहरू पाउने अवसर प्रदान गर्दैछ।

मुख्य अफरहरू

बम्पर लक्की ड्रमार्फत भाग्यशाली जोडीलाई थाइल्यान्ड भ्रमण जित्ने मौका रहेको छ । कम्पनीका अनुसार यस बम्पर लक्की ड्रले ग्राहकलाई थाइल्यान्डको रोमाञ्चक अनुभव दिनेछ, जहाँ उनीहरूले विभिन्न सांस्कृतिक सम्पदा र रमणीय स्थलहरूको भ्रमण गर्न सक्नेछन्।

यस्तै साप्ताहिक लक्की ड्र अन्तर्गत प्रत्येक हप्ताको साप्ताहिक लक्की ड्रमा विजेताले ८ हजार ५९० बराबरको एयर फ्रायर जित्न सक्नेछन्। यसले तपाईंको किचनलाई थप आधुनिक र सजिलो बनाउनेछ।

यस्तै १५ दिनको लक्की ड्र अन्तर्गत हरेक १५ दिनमा भाग्यशाली विजेताले १० हजार ७९० बराबरको इलेक्ट्रिक प्रेसर कुकर जित्ने मौका पाउनेछन्, जसले खाना पकाउनको लागि थप सहजता र समयको बचत गर्नेछ।

क्रम्पटन ब्रान्डका पंखा, कूलर, हिटर, गीजर, मिक्सर ग्राइन्डर, प्रेसर कुकर, र अन्य धेरै घरेलु उपकरणहरू अफरमा समावेश गरेको छ। यी सबै उत्पादनहरू गुणस्तरीय, ऊर्जा बचत गर्ने, र दीर्घकालसम्म टिकाउ हुने भएकोले ग्राहकहरूका लागि ठूलो राहत र बचतको स्रोत बन्नेछन् भन्ने कम्पनिको विश्वास रहेको छ ।