काठमाडौँ – नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देलले सोमबार पदभार सम्हालेका छन् ।
राष्ट्रपति कार्यालय शितल निवासमा पद तथा गोपनीयताको सपथका साथै दर्ज्यानी चिह्न ग्रहण गरेपछि प्रधासेनापति सिग्लेलले जंगीअड्डा पुगेर पदभार ग्रहण गरेका हुन् । सैनिक परम्परा अनुसार नवनियुक्त प्रधान सेनापति महारथी सिग्देललाई जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । त्यसैगरी उनले सैनिक मञ्च टुँडिखेल र छाउनी स्थित वीर स्मारकमा श्रद्धान्जली अर्पण समेत गरेका थिए ।
२०२३ माघ १९ गते रुपन्देही जिल्लामा जन्मिएका प्रधानसेनापति सिग्देल २०४३ सालमा अधिकृत क्याडेटको रूपमा सैनिक सेवामा प्रवेश गरेका थिए । २०८१ श्रावण २५ गतेबाट उनले कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी सम्हाल्दै आएका थिए ।




























































