काठमाडौं- नेपाल टेलिकमले ग्राहकलाई लक्षित गर्दै ‘मनसुन अफर २०८३’ सार्वजनिक गरेको छ। अफरअन्तर्गत पोस्टपेड र प्रिपेड दुवै ग्राहकका लागि नयाँ डेटा प्याक, अनलिमिटेड भ्वाइस र थप एसएमएस सुविधासहितका आकर्षक प्याकेज उपलब्ध गराइएको कम्पनीले जनाएको छ।


ADVERTISEMENT


पोस्टपेड ग्राहकका लागि ३७३ रुपैयाँ र ४९९ रुपैयाँका नयाँ प्याकेज ल्याइएको छ। साथै, ६९९ रुपैयाँदेखि १,९९९ रुपैयाँसम्मका अनलिमिटेड प्याकेजमा थप डेटा र भ्वाइस सुविधा समावेश गरिएको छ।


ADVERTISEMENT

# # #


प्रिपेड ग्राहकका लागि ९९ रुपैयाँमा ८ जीबी डेटा (१ दिन) र १९९ रुपैयाँमा २० जीबी डेटा (७ दिन) उपलब्ध गराइएको छ। कम्पनीले प्रिपेडका लोकप्रिय अनलिमिटेड प्याकेजलाई पनि थप डेटा र एसएमएस सुविधासहित परिमार्जन गरेको जनाएको छ।

यस्तै, ‘नमस्ते क्रेडिट (सापटी)’ सेवामा पनि सुधार गरिएको छ। साउन १५ गतेदेखि ग्राहकले ३० रुपैयाँ सापटी लिएर सोही रकमबाट डेटा, भ्वाइस वा एसएमएस प्याक खरिद गर्न सक्नेछन्। यो सेवा *1477# डायल गरेर वा नेपाल टेलिकम एप मार्फत लिन सकिनेछ।

नेपाल टेलिकमका अनुसार मनसुन अफरले बढ्दो डेटा प्रयोग गर्ने ग्राहकलाई कम लागतमा बढी सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ।