काठमाडौँ – नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले अहिलेको सरकार बिचौलियाको संरक्षणका लागि काम गरिरहेको आरोप लगाएका छन् ।


ADVERTISEMENT


सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गदै पौडेलले वर्तमान सरकार भ्रष्टाचार, अनियमिततासम्बन्धी कामलाई जोगाउनका लागि बनेको फरक प्रकारको सरकार भएको र यसले बिचौलियाको संरक्षणका लागि काम गरिरहेको आरोप लगाएका हुन् ।


ADVERTISEMENT

# # #


जनतालाई झुक्काउनका लागि गरिएको संविधान संशोधनका कुराको संसदबाट प्रतिवाद गर्ने उनले बताए । पौडेलले विद्युत बक्यौताका विषयमा सत्तापक्षले प्रतिपक्षीलाई दोष लगाउन खोजेको भन्दै वक्तौता नउठाउनका लागि मुख्य विषयलाई विषयान्तर गर्ने प्रयास भइरहेको जिकिर गरे ।

त्यस्तै उनले नदी किनारबाट थप २० मिटर मापदण्डको अदालतको फैसलालाई मानहानी गर्न नमिल्ने भन्दै जनतालाई उचित व्यवस्थापन गरेर मात्रै फैसला कार्यान्वयन गर्न आवश्यक रहेको बताए । यसमा अदालतसंग सरकारले दोहरी खेल्न नहुने उनको भनाइ छ ।