काठमाडौँ– काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सर्वोच्च अदालतले नदी किनारको मापदण्ड थप २० मिटर कायम गर्नबारे दिएको आदेशमा प्रधानमन्त्री केपी शर्मा ओलीले अवसरवादी चरित्र देखिएको बताएका छन् ।


ADVERTISEMENT


सामाजिक सञ्जालमा स्टाटस लेख्दै बालेनले ५ वर्ष अघि नै सर्वोच्चले गरेको आदेशमा अहिले आएर प्रधानमन्त्रीसहितका व्यक्तिहरूले असहमति जनाउनु र सर्वोच्चको आदेश पालना नगर्ने भनेर अडिग कस्नुले ‘उहिलै मरिन् सासु, अहिले आए आँसु’ भन्ने चरित्र दर्शाइरहेको भन्दै कटाक्ष गरे ।


ADVERTISEMENT

# # #


नदीतटको मापदण्ड थप २० मिटर कायम गर्ने विषय २०७६ साउन २० गते नै १२ बुँदे फैसला जारी भएको भन्दै तत्कालीन अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीसंगै महान्यायधिवक्तादेखि बागमतीको मुख्यमन्त्री र काठमाडौँको मेयर पनि एमालेकै रहेको र कसैको असहमति नरहेको तर अहिले यसलाई विवादित विषय बनाइएको आरोप लगाए ।

‘हामीले खोज्ने जवाफ यति हो, त्यो बेला किन पुनरावेदनमा गएनन् रु कि भन्न पर्यो, त्यो बेला हाम्रो बुद्धि पुगेन । या भन्न पर्यो, अहिले हाम्रो दाउ अर्कै छ’, उनले लेखेका छन्, ‘उहिलै मरिन् सासु, अहिले आए आँशु किसिमको अवसरवादी चरित्र बारेमा प्रश्न गर्नै पर्छ ।’

साथैस साहले नदी तथा खोलाको तटीय क्षेत्रमा निर्माणको योजना बनाउँदा, नक्सापास गर्दा, घरजग्गाको कारोवार गर्दा वा घरजग्गा धितो राख्दा यस मापदण्डलाई पालना गरेर सरकारबाट आउने अर्काे मापदण्डबाट बच्न आग्रह समेत गरेका छन् ।