काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्र सुधारको जग बसाल्नेगरि सरकारले बजेट ल्याएको बताएका छन् ।
नेपाल चेम्वर अफ कमर्शले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री वाग्लेले अर्थतन्त्र सुधारको परिस्थिति स्थापित गर्ने र जग बसाल्ने गरि सरकारले बजेट ल्याएको बताएका हुन् । उनले वर्तमान सरकारको दोस्रो र तेस्रो बर्ष सुधारहरुलाई अझै तीव्र पार्ने उल्लेख गरेका छन् ।
चौथो र पाँचौं वर्षको बजेटलाई सुधार मार्फत नभइ आर्थिक राजकाजको जहाज मोड्दै गन्तव्यमा पुग्ने उनले बताएका छन् । उनले वर्तमान सरकारले आगामी पाँच बर्ष मुलुकको आर्थिक क्षेत्रमा रुपान्तरण गरेपछि बिस्तारै परिणामहरू आउने र जनताले त्यसको महशुस गर्न सक्ने धारणा राखेका छन् ।
निजी क्षेत्रलाई उत्साहित नगरी अर्थतन्त्र अगाडि नसक्ने भन्दै मन्त्री वाग्लले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न कर तथा नीतिगत सुधारका कार्यक्रम अघि सारेको स्पष्ट पारेका छन् । अर्थतन्त्र सुधारका लागि बजेट नै कुर्नु नपर्ने र आवश्यक परे मन्त्रालय वा मन्त्रिपरिषद्बाट पनि नीतिगत निर्णय हुन सक्ने उनकोभनाइ छ ।
त्यस्तै नेपाल चेम्वर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवालले कोरोना महामारीपछि मुलुकको अर्थतन्त्रलाई कुशलतापूर्वक व्यवस्थापन गर्न नसक्दा त्यसको प्रभाव सवै क्षेत्रमा परिेको बताउनुभयो । बैंकहरुमा लगानीयोग्य पैसा उपलब्ध भए पनि निजी क्षेत्र आकर्षित नहुनुको कारणबारे राज्यले सोच्नुपर्ने उनले बताएका छन् ।
उनले सरकारले एमआरपी लागू गरेपछि व्यापार क्षेत्रमा धेरै असुविधा सिर्जना गरेको गरेको गरेका छन्।



























































