काठमाडौं–  एन आई सी एशिया बैंक ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व सियसाआर अन्तर्गत भक्तपुरस्थित  साकुना आधारभूत विद्यालयलाई विद्यार्थी पोशाक ड्रेस सहयोग गरेको छ ।


ADVERTISEMENT


बैंकले शैक्षिक वातावरण सुधार गर्ने उद्देश्यसहित विद्यार्थीहरूको पठन–पाठनलाई सहज बनाउन सहयोगस्वरूप उक्त सामग्री उपलब्ध गराएको हो ।


ADVERTISEMENT

# # #


कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सि.ई.यो सुदीप कुमार शाक्य तथा नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी लगायत बैंकका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । साथै विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूको पनि सहभागिता रहेको थियो ।

बैंकका अनुसार यस प्रकारका सामाजिक उत्तरदायित्व कार्यक्रमहरूले विद्यार्थीहरूको अध्ययनप्रति प्रेरणा बढाउनुका साथै विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण निर्माण गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।