विराटनगर – करिब १० महिना पछि कोशी प्रदेश सभाको ७ वटा विभिन्न विषयगत समितिहरुले नेतृत्व पाउने भएका छन् । विषयगत समितिको सभापतिका लागि प्रदेश सभा सचिवालयले प्रकाशन गरेको निर्वाचन तालिका अनुसार ७ वटा समितिका लागि एक–एक जनाको मात्र उम्मेदवारी परेको छ ।


ADVERTISEMENT


नेकपा एमाले र नेपाली कांग्रेस बीच ३/३ वटा र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलाई र्सार्वजनिक लेखा समितिको सभापति दिने सहमति बने अनुसार उम्मेदवारी दिइएकोले निर्विरोध भएको हो । एक एक जनाको मात्र उम्मेदवारी परेपनि सम्बन्धित समितिको सभापति बैठकबाट निर्र्णय हुने प्रदेश सभा सचिव गोपाल प्रसाद पराजुलीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


नेकपा एमालेले पाएको प्राकृतिक स्रोत तथा पूर्वाधार समितिमा होम बहादुर थापा, उद्योग पर्यटन तथा वातावरण समितिमा रामदेव यादव, न्याय प्रशासन तथा विधायन समितिमा कमला दर्नाल, यसैगरी नेपाली कांग्रेसले पाएको अर्थ समितिमा विनोद र्राई, सामाजिक विकास समितिमा गयानन्द मण्डल, सुशासन तथा योजना समितिमा खगेश्वरी पौडेल, नेकपा माओवादी केन्द्रका राजन किराती र्सार्वजनिक लेखा समितिको सभापतिमा निर्विरोध भएका छन् ।