काठमाडौँ – प्रतिनिधिसभाको बैठक सञ्चालन गर्ने विषयमा सभामुख देवराज घिमिरेले बोलाएको बैठक बिना निष्कर्ष टुङ्गिएको छ ।


ADVERTISEMENT


सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय पार्टीका प्रमुख सचेतकको बैठकमा ठोस सहमति हुन नसकेको बताइएको छ । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजेका लागि बोलाइएको थियो ।


ADVERTISEMENT

# # #


बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्रएका प्रमुख सचेतक हितराज पाण्डेले संसद्मा ‘जनयुद्ध’का सम्बन्धमा व्यक्त भएको धारणाप्रति आफूहरुको विरोध रहेको र त्यसलाई सच्याउनुपर्ने बताए । उनले बैठकमा व्यक्त भएको धारणाका आधारमा आफ्नो संसदीय दलको बैठकमा छलफल गर्ने उल्लेख गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उपसभामुखका विषयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मुख्य सचेतकले आफूहरुले त्यस्तो केही गर्न नलागेको भन्ने जानकारी गराएको बताए। उनले भने, “हामीले धन्यवाद दिँदै आगामी दिनमा दूराशय नहोस् भन्यौँ ।”

एपसभामुख रानाले पदीय आचरण अनुकूल काम नगरेको भन्दै सदनमा सत्तापक्षका सांसदहरुले धारणा राखेका थिए।

एमालेका मुख्य सचेतक महेश बर्तौलाले सदनको बैठकलाई सहज रुपमा सञ्चालन गर्ने विषयमा छलफल भएको जानकारी दिए । उहाँले संसद्को प्रतिष्ठा राख्ने विषयमा सबै राजनीतिक दल र सांसदहरुको कर्तव्य हुने उल्लेख गरे । उनले उपसभामुखका विषयमा सत्तापक्षका बीचमा आन्तरिक रुपमा कुराकानी भएपनि कुनै निर्णय नभएको जानकारी दिए।

अमेरिकाको प्रवेशाज्ञाका सन्दर्भमा उपसभामुखले गरेको पत्राचारका सन्दर्भमा अज्ञानताबस कमजोरी भएको विषय सबैले स्वीकार गरेको उनको भनाइ थियो । प्रतिनिधिसभाको अघिल्लो बैठकमा एमालेका सांसदहरुले उपसभामुखलाई राजीनामा दिन आग्रह गरेका थिए । रासस