काठमाडौँ – राष्ट्रिय सभाको १६ औं अधिवेशनमा  १२ वटा विधेयक पारित भएका छन् ।


ADVERTISEMENT


गत बैशाख २८ गतेबाट सुरु भइ भदौ ३१ गते अन्त्य भएको राष्ट्रियसभाका जम्मा ४० वटा बैठक बसेको थियो । संघीय संसदको दुवै सदनबाट नेपाल विश्वविद्यालय विधेयक, सार्वजनिक सेवा प्रसारण विधेयक, अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक लगाएत पारित भएको थियो ।


ADVERTISEMENT

# # #


बैठकमा सवारी दुर्घटना न्यूनीकरण गर्ने सम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि सभामा छलफल भई सर्वसम्मतिले स्वीकृत भएको थियो भने प्रधानमन्त्री÷मन्त्रीहरुसँग प्रश्नोत्तर कार्यक्रम पनि यसै अधिवेशनबाट सुरु गरिएको राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले जानकारी दिए ।

त्यस्तै हरेक दिन अनिवार्य रुपमा शुन्य समय राख्ने कार्यको पनि थालनी भएको थियो ।