बैतडी – धनगढीबाट बैतडी जाँदै गरेको यात्रुवाहक बस बैतडीमा दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन्।


ADVERTISEMENT


सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३९६३ नम्बरको बस शुक्रबार दिउँसो बैतडीको पाटन नगरपालिका–८ गैराखानमा सडकबाट करिब ६० मिटर तल खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।


ADVERTISEMENT

# # #


दुर्घटनापछि स्थानीयवासी, नेपाल प्रहरी र अन्य सुरक्षा निकायको टोलीले तत्काल उद्धार गरी घाइतेहरूलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाएको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता भुवन तिमल्सिनाका अनुसार दुर्घटनामा घाइते भएका १७ जनाको उपचार भइरहेको छ। उनीहरूको अवस्था बारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

बस दुर्घटनाको कारण भने अझै खुल्न सकेको छैन। घटनास्थलमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन चालक, बसको प्राविधिक अवस्था तथा सडकको अवस्थालगायत विषयमा अनुसन्धान भइरहेको छ।