काठमाडौँ– आज संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनइदैँछ । यस अवसरमा टुँडिखेलदेखि दरबारमार्गसम्म विशेष कार्यक्रम आयोजना गरिने भएको छ ।


ADVERTISEMENT


अरु बेला सवारीको चाप हुने दरबार मार्गमा कन्सर्ट हुने भएपछि ट्राफिक जाम र पार्किङ्गको उचित व्यवस्थापनका लागि नेपाल ट्राफिक प्रहरीले सो अवधिभर नियमित चल्ने ट्राफिक अन्यत्र नै डाईभर्सन गरेको जानकारी सार्वजनिक गरेको छ ।


ADVERTISEMENT

# # #


जसमा केशरमहल, जयनेपाल र तिनधारा पाठशालाबाट कार्यक्रमस्थलतर्फ जाने सवारी साधनहरु कार्यक्रम अवधिभर पूर्णरुपमा डाईभर्सन गरिने बताएको छ ।

पहिलो चरण अन्र्तगत लैनचौरबाट केशरमहलतर्फ, नागपोखरी तल्लो मोडबाट जयनेपाल चोकतर्फ, कृष्णपाउरोटीबाट जयनेपालतर्फ, कमलादी मोडबाट गणेशस्थानतर्फ, भोटाहिटीबाट जमलतर्फ र ठमेल संचय कोषबाट केशरमहलतर्फ डाइभर्सन गरिने सूचनामा उल्लेख छ ।

यसैगरि दोस्रो चरणमा बालाजुबाट सोह्रखुट्टे हुँदै लैनचौरतर्फ, सामाखुशीबाट लैनचौरतर्फ, नारायण गोपाल चोकबाट खानीविभागतर्फ, सुकेधाराबाट विशालनगरतर्फ, गौशालाबाट रातोपुलतर्फ, माईतीघरबाट सिंहदरवार÷भद्रकालीतर्फ र भद्रकालीबाट त्रिपुरेश्वरबाट नागस्थानतर्फ डाइभर्ट गरिने भएको छ ।

पार्किङ्गको के छ व्यवस्था ः

ट्राफिक जाम न्यूनिकरण एवम् व्यवस्थापनका सन्दर्भमा ट्राफिक प्रहरीले पार्किङ्गको पनि व्यवस्था गरिएको जनाएको छ । जसमा निम्न स्थानहरुमा तपशिल स्थानबाट आएकाहरुका लागि पार्किङ्गको व्यवस्थापन गरिएको छ ।

यस्तो छ पार्किङ्गस्थलहरु

टुडिखेल : ललितपुर, भक्तपुर, कलंकी र किर्तिपुर एरियाबाट आउने
सम्पुर्ण सवारी साधनहरु

सुन्धारा, धरहरा : कलंकी, किर्तिपुर एरियाबाट आउने सवारी साधनहरु

प्रज्ञा प्रतिष्ठान : ललितपुर, भक्तपुर, कलंकी, किर्तिपुर एरियाबाट आउने सवारी साधनहरु

भृकुटीमण्डप :ललितपुर, भक्तपुर, कलंकी,किर्तिपुर एरियाबाट आउने सवारी साधनहरु

काठमाण्डौ भ्युटावर : भक्तपुर, कोटेश्वरबाट आउने सवारी साधनहरु

नेपाल स्काउट लैनचौर र खानी विभाग : बालाजु र महाराजगंजबाट आउने साना सवारी साधन

संचयकोष भवन ठमेल (अण्डरग्राउण्ड पार्किङ्ग) : बालाजु साइडबाट आउने साना सवारी साधनहरु

सानो गौचरण फुटबल ग्राउण्ड : बौद्ध, गौशाला एरियाबाट आउने सवारी साधनहरु

खानीविभाग : महाराजगंज, बुढानिलकण्ठ एरियाबाट आउने सवारी साधनहरु

नारायणचौर वरिपरि एक लाईन (वैकल्पिक पार्किङ्ग)

कृष्णपाउरोटीदेखि ल्होत्से एक लाईन (वैकल्पिक पार्किङ्ग)

खुशिबु करिडोर :बालाजु तर्फबाट आउने साना ठूला सवारी साधन
(वैकल्पिक पार्किङ्ग)

महेन्द्रशालिक कृष्णपाउरोटी मोड मोटरसाईकल मात्र (वैकल्पिक पार्किङ्ग)

प्रदर्शनी मार्ग सडक (एकलाईन वैकल्पिक पार्किङ्ग)