काठमाडौैँ – नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अहिलेको उपलब्धीहरुलाई असर नपर्ने गरी संविधान संशोधन गर्न सकिने बताएका छन् ।


ADVERTISEMENT


संविधान सभा सदस्य परिषद् नेपालले आइतबार सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा श्रेष्ठले साझा सहमतिको आधारमा उपलब्धिहरुलाई कुनै असर नपर्ने गरि संविधान संशोधन गर्न सकिने बताएका हुन् ।


ADVERTISEMENT

# # #


सवै दलको समझदारीमा हुने संविधान संशोधनमा माओवादीको सहयोग नै रहने उनले बताए । उनले प्रतिगमन मुर्दावाद भनेर मात्रै संविधान र लोकतन्त्रको रक्षा नहुने भन्दै रुपान्तरण, विकास र जीवन पद्धतिमा जनताले खोजेको परिवर्तनको पक्षमा काम गर्नुपर्ने धारणा राखे ।

उनले संविधान संशोधनका क्रममा राष्ट्रियता, परराष्ट्र नीति लगाएतका बिषयमा सहमति कायम गर्नैपर्ने जिकिर गरे ।