काठमाडौँ– चितवनको भरतपुर महानगरपालिकाले पुङ्गी खोलाको सिमानामा परेका भवनहरु भत्काउने काम शुरु गरेको छ ।


ADVERTISEMENT


भरतपुर महानगर पालिकाले खोलाको सिमाना भित्र रहेका भौत्तिक संरचना हटाउन ३५ दिने सुचना निकालेको तर बेवास्ता गरेको कारण डोजर लगाएर भत्काउने काम शुरु गरेको भरतपुर महानगर पालिकाकी मेयर रेनु दाहालले जनाएकी हुन् ।


ADVERTISEMENT

# # #


उनले सार्बजनिक जग्गाहरुमा भौत्तिक संरचना निर्माण गर्ने र व्यवसाय संचालनको लागि भाडामा दिने गरेको पाईएको बताइन् । पुङ्गी खोलाको सिमाकंन भरतपुर महानगर पालिकाको ११ नम्बर वडाको गणेश थान देखी राम घाट सम्म करीब साढे ५ किलो मिटर क्षेत्रको खोलाको वरपर सिमाकंन गरेर सौन्दर्यकरण गर्ने वाकीङ्ग ट्रेल निर्माण योजना रहेको उनले जनाइन् ।

भरतपुर महानगरले नारायणगढ बजारको मुटुमा रहेको लायन्स क्लबको भबन पुगी खोलाको खोलाको क्षेत्रमा निर्माण भएको कारण भत्काएको छ । करीब ५५ सालमा निर्माण भएको उक्त भबन लायन्स क्लबको आफ्नै भबन हो । उक्त खोलाको सिमाङ्कन नापी गर्ने क्रममा धेरै घरहरु परेका छन् । खोलाको सिमाङ्कन गर्ने क्रममा खोलाको वरपर कति मिटर छाड्ने भन्ने यकिन नभएको भरतपुर महानगर पालिकाका नापी अधिकृत बिकास देवकोटाले बताए ।

महानगरले रातो पुर्जा नभएको र खोलाको सिमाना मिचेर बनेका घर टहरा सबै हटाउने जनाएको छ । लायन्स चोक वाट परिचित उक्त स्थानको लायन्स क्लबको भबन भत्कीए पछी लायन्सको अस्तित्व नै मेटीने चिन्ता व्यक्त गरिएको छ ।