काठमाडौं- साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ११.९३ अंकले बढेको छ।
बुधबारको तुलनामा ०.४६ प्रतिशतले बढेर नेप्से २ हजार ६२४.३६ अंकमा पुगेको हो। बुधबार नेप्से २१.१९ अंकले घटेको थियो।
बिहीबार कारोबार भएका ३३९ कम्पनीमध्ये १७७ कम्पनीको सेयर मूल्य बढेको छ भने ८५ कम्पनीको मूल्य घटेको छ। १६ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन भएन।
आज बजारमा ५ अर्ब ४९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। कुल १ करोड ३६ लाख १० हजारभन्दा बढी कित्ता सेयर ५१ हजार ७२८ पटकको कारोबारमार्फत किनबेच भएका छन्।
कारोबार रकमका आधारमा सिद्धार्थ बैंक अगाडि रहेको छ। बैंकको ३३ करोड ६२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
आज धौलागिरि लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै १२।४३ प्रतिशतले बढेको छ भने हाथवे इन्भेस्टमेन्ट नेपालको सेयर मूल्य २।९७ प्रतिशतले घटेको छ।
उपसमूहतर्फ जीवन बीमा समूह सबैभन्दा धेरै १।०८ प्रतिशतले बढेको छ भने लगानी समूह ०।१८ प्रतिशतले घटेको छ।































































