राहुल गुप्ता, बारा– बारामा प्रसिद्ध गढिमाई मेलालाई सभ्य एवम् भव्य बनाउने सम्बन्धमा वृहत् छलफल कार्यक्रम सम्पन्न भएको छ ।
मंगलबार महागढिमाई नगरपालिका–१ स्थित प्रत्येक ५ वर्षमा लाग्ने विश्व प्रसिद्ध गढिमाई मेलालाई भव्य र सभ्य बनाउन स्थानिय तथा जनप्रतिनिधिको उपस्थितमा आवश्यक सल्लाह सुझाव संकलन गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख उपेन्द्र प्रसाद यादवले गढीमाई मेलामा विगतमा हुने गरेका कमीकमजोरीलाई सुधार गर्नुपर्नेमा जोड दिए । यस्तै उनले गरिमामय मेलाका लागि आवश्यक व्यवस्थापन कायृ सम्पन्न भइसकेको समेत जानकारी दिए ।
मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहको प्रमुख आतिथ्यमा रहेको कार्यक्रममा प्रदेश सरकारस्तरीय मन्त्री, संघिय सांसद,प्रदेश सभा सदस्य, जनप्रतिनिधि एवम् सुरक्षा निकायका प्रमुख तथा सामाजिक अगुवाहरुको उपस्थित रहेको थियो । सहित सन्चारकर्मिहरुको उपस्थिति रहेको थियो ।


























































