काठमाडौँ– सार्क सीसीआई (नेपाल च्याप्टर) का उपाध्यक्ष चण्डीराज ढकालले दक्षिण एशियाले धेरै लगानीयोग्य अवसर प्रदान गर्ने बताएका छन् ।


ADVERTISEMENT


सेप्टेम्बर ११ मा चनिमा आयोजित ‘२०२४ सिचुआन– दक्षिण एशिया र दक्षिण पूर्व एशिया व्यापार विकास सहयोग सम्मेलन’ लाई सम्बोधन गर्दै अध्यक्ष ढकालले सो राय व्यक्त गरेका हुन् ।


ADVERTISEMENT

# # #


अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धनका लागि चाइना काउन्सिल (सीसीपीआईटी), सिचुआनको प्रान्तीय जन सरकार र सार्क चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (सार्क सीसीआई) द्वारा आयोजित कार्यक्रममा दक्षिण एसियाका विभिन्न देशका प्रमुख व्यापारिक नेताहरु सहभागी थिए ।

नेपालको प्रतिनिधित्व गरेका अध्यक्ष ढकालले आकार र क्षमताका हिसाबले दक्षिण एसिया विश्वकै ठूलो बजार भएको बताए । उनले भने, ‘यहाँका अप्रयुक्त प्राकृतिक, सामाजिक तथा आर्थिक स्रोतहरूले धेरै लगानी योग्य अवसर प्रदान गर्ने भएता पनि यसका बाबजुद दक्षिण एसियाले कमजोर प्राविधिक पूर्वाधार जस्ता धेरै चुनौतीहरूको सामना गरिरहेको छ ।’

चीनले पाकिस्तान, श्रीलंका, नेपाल जस्ता दक्षिण एसियाली देशहरूमा ठूलो लगानी गरिरहेको जनाउदैँ उनले बंगलादेश र भारत जस्ता अन्य क्षेत्रहरूमा विस्तारले व्यापार मार्गहरू अझ बढाउन सक्नेमा जोड दिए ।

ढकालले चीनका विशेष गरी सिचुआनका कम्पनीहरूको विशेषज्ञतालाई ठूला–ठूला पूर्वाधारको विकासमा प्रकाश पार्दै दक्षिण एसियाभरि पावर प्लान्ट, एयरपोर्ट र स्मार्ट सिटीजस्ता परियोजनाहरूमा सम्भावित सहकार्य गर्न सुझाए ।

कार्यक्रममा दक्षिण एसिया र दक्षिणपूर्व एशियाका विभिन्न देशका प्रमुख व्यापारिक नेताहरुले उपस्थित जनाएका थिए ।