लुम्बिनी – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले योजना छनोट र कार्यान्वयनमा देखिएका बेथिति अन्त्य गर्न योजना छनोट र कार्यान्वयनको प्रक्रियालाई पारदर्शी बनाउनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


जिल्ला समन्वय समिति अर्घखाँचीको सन्धिखर्कमा बुधवार आयोजना गरिएको वार्षिक समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले तीन तहका सरकारले गर्ने हरेक काम पारदर्शी र जनताले सहजै थाहा पाउनेगरी हुनुपर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


यस्तै उनले विगतमा गरिएका कामको समिक्षा गर्दै भावि योजना निर्माणमा जुट्न आह्वान गरे । योजनाको समिक्षा नगरी अर्को योजना बनाउदा सफलता नमिल्ने भन्दै उनले समिक्षाबाटै निकास खोज्न आह्वान गरे । उनले चालु आर्थिक वर्षमा विनियोजन भएका बजेटको पूर्ण कार्यान्वयन गर्न आग्रह गरेका छन् ।

उनले जिल्ला समन्वय समितिको कामलाई प्रभावकारी बनाउन नीतिगत सुधार गर्न प्रदेश सरकारले भूमिका खेल्ने विश्वास दिलाए ।