कर्णाली– कर्णाली प्रदेश प्रहरी प्रमुख डिआईजी जनक भट्टराईले पदभार ग्रहण गरेका छन् ।
नेपाल सरकार, गृह मन्त्रालयको निर्णायानुसार कर्णाली सरुवा भएका डिआर्यजी भट्टराईले कर्णाली प्रदेश प्रहरी कार्यालयमा पुगेर आफ्नमे जिम्मेवार सम्हालेका हुन् ।
भट्टराईलाई कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगंज) का एसएसपी राजेन्द्र प्रसाद भट्ट, नेपाल प्रहरी प्रदेश कार्यालय कर्णाली प्रदेश सुर्खेत (हाल नेपालगंज) का प्रमुख एसएसपी सन्जिव शर्मा दास, प्रहरी उपरीक्षकहरू, प्रहरी नायव उपरीक्षकहरू, प्रहरी निरीक्षकहरू लगायत जुनियर प्रहरी अधिकृत तथा जवानहरूले स्वागत गरेका हुन् ।