विराटनगर– मोरङ र सुनसरीको छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले बिहिवार छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषध सहित ५ जनालाई पक्राउ गरेको हो ।
जसअन्र्तगत भारतबाट नेपालतर्फ आउदै गरेका को.६ प ९६ नम्बरको मोटरसाईकलमा सवार रहेका सुन्दरहरैचा नगरपालिका–१२ का ३० बर्षीय शंखर दाहाल र २५ बर्षीय नन्दु फुयाललाई २ ग्राम ६१० मिलिग्राम ब्राउन सुगर सहित र बेलबारी नगरपालिका–२ लालभित्तिका १८ वर्षीय सुशिल रेग्मीलाई प्रतिबन्धित औषधी ११० ट्याब्लेट सहित पक्राउ परेका हुन् ।
यसैगरी अन्य पक्राउ पर्नेमा १ ग्राम ६८० मिलिग्राम ब्राउन सुगर सहित धरान–५ का ३१ वर्षीय पर्वत दर्जी र २६ बर्षीय सनम तामाङ रहेका छन् ।
लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान तथा आवश्यक कानुनी कारवाही भइरहेको प्रहरीले जनाएको छ ।


























































