चितवन – नारायणगढ-मुग्लिन सडकमा आज रातभर गाडी चलाउन रोक लगाइएको छ ।


ADVERTISEMENT


जिल्ला सुरक्षा समितिले हिजोदेखि लगातार परिरहेको पानीका कारण पहिरोको जोखिम बढेको भन्दै सो सडकमा कुनैपनि सवारी चलाउनमा रोक लगाएको हो ।


ADVERTISEMENT

# # #


समितिका अनुसार आज बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म गाडी चलाउन पाइने छैन भने नारायणगढतर्फ आँपटारी र मुग्लिनतर्फ मुग्लिन बजारमा गाडी रोकिनेछ ।