विराटनगर – इलामको माई नगरपालिका–८ सेते खोलाले बगाएर १ जना बृद्धको मृत्यु भएको छ भने खोलाले बगाएर झापामा ३ जना र मोरङमा १ जनाको मृत्यु भएको छ ।
असोज ११ गते दिउँसो माईनगरपालिका–८ का ६८ बर्षीय मैत बहादुर लिम्बु खोला तर्ने क्रममा खोलाले बगाएको अवस्थामा स्थनीय मानिसहरुले फेला पारेका थिए । उद्धार गरी उपचारको लागि लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही दिन झापाको कचनकवल गाउँपालिका–१ स्थित जमुवा खोला तर्ने क्रममा स्थानिय पन्चु राजवंशीको १४ बर्षीया छोरी नेहारिका राजवंशीलाई बगाई बेपत्ता बनाएको छ यसै गरी कमल गाउँपालिका–१ का ३५ बर्षीय टिकाराम चौधरी कृष्ने खोलामा माछा मार्ने क्रममा खोलामा डुबी बेपत्ता भएका छन् ।
यस्तै गौरीगंज गाउँपालिका–२ स्थित सुकुमबासी टोल का ५५ बर्षीय केनालाल राजवंशी घर नजिकै रहेको कृष्णे खोलामा हाम्फाल्दा बेपत्ता भएका छन् । असोज १० गते मोरङको रतुवामाई नगरपालिका–७ की ७२ बर्षीया डुरो देवी राजबंशी झापाको गौरादहबाट मोरङको सिजुवा आउने क्रममा रातुवा खोला तर्दा खोलाले बगाई बेपत्ता बनाएको छ ।
बेपत्ता भएकाहरुको खोजी कार्य भईरहेको प्रहरीले जनाएके छ ।


























































