काठमाडौँ– राज्य व्यवस्था तथा सुशासन समितिले आन्तरिक हवाई मूल्यदर समायोजनमा केन्द्रित हुन सरकारलाई निर्देशन दिएको छ ।
आइतबार विज्ञप्ति जारी गर्दै समितिका सचिव सुरज कुमार दुराले हवाई मूल्यदर समायोजनका सम्बन्धमा आवश्यक निर्देशन दिन संस्कृति, पर्यटन तथा उड्ययन मन्त्रालयलाई आग्रह गरेको हो ।
उनले पत्रमा प्राकृतिक विपत्तिका कारण भएको देशको हाल विकराल अवस्थामा विकल्पको रुपमा रहेको हवाई यातायातका आन्तरिक उडान विमान कम्पनीले मनपरी मूल्यदर तोकिएकोतर्फ मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।
‘तसर्थ हवाई भाडा दरमा नियन्त्रण गर्न संस्कृति, पर्यटन तथा उड्ययन मन्त्रालयमा आवश्यक निर्णय हुन माननीय सभापतिज्यूको निर्देशनानुसार अनुरोध गर्दछु’, विज्ञप्तिमा उल्लेख छ ।



























































