काठमाडौँ – सिटिजन्स बैँक इन्टरनेसनल लिमिटेडले अविरल वर्षाले प्रभावित भई ठूलो जनधनको क्षति पुगेकाहरुको राहतको उदेश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत पीडितहरूको राहत र पुनर्स्थापनाको लागि सहयोग प्रदान गरेको छ ।


ADVERTISEMENT


शहरी विकास मन्त्रालयमा आज आयोजित एक कार्यक्रमबीच कार्यवाहक प्रधानमन्त्री एंवम उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई बैंकका अध्यक्ष प्रबल जंग पाण्डेले रु २५ लाखको चेक हस्तान्तरण गरेका छन् । समाहरोमा सूचना तथा संचार मन्त्री पृथ्वी सुब्बा गुरुङ, बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र प्रमुख प्रशासकीय अधिकृत नारायण राज अधिकारी लगायतको उपस्थिति रहेको थियो ।


ADVERTISEMENT

# # #


बैंकले प्रकोपबाट ज्यान गुमाएका परिवारप्रति हाद्र्घिक समवेदना व्यक्त गर्दै घाईतेहरुको शीघ्र स्वस्थ लाभका लागि कामना समेत गरेको छ । यस घटनाबाट प्रभावित सम्पूर्णजनहरुप्रति तत्काल सहयोग तथा राहत पुग्ने विश्वास पनि बैंकले व्यक्त गरेको छ ।

सिटिजन्स बैँकले यस अघि पनि २०७२ सालको विनाशकारी भुकम्पबाट पिडीतहरुको उद्धार तथा उपचारको उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा आर्थिक सहयोग स्वरुप रु. १ करोड प्रदान गरेको थियो भने जाजरकोटमा गत वर्ष कार्तिक १७ गतेका गएको विनाशकारी भुकम्पबाट पीडितहरुको उद्धार तथा उपचारका लागि २५ लाखको सहयोग प्रधान गरेको थियोे । बैंकले आगामी दिनमा पनि समाजको हितका लागि यस्ता सहयोगात्मक प्रयासहरू जारी राख्ने प्रतिबद्धता जनाएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा एटीएमर ९७ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ६४ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।