काठमाडौँ – चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्स र प्रभु बैँक लिमिटेड बीच विशेष छुट सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझौतापत्रमा आइतबार प्रभु बैँकका तर्फबाट चितवन प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ तथा कलेज अफ मेडिकल साइन्स का तर्फबाट अतिरित्त, निर्देशक डा.मनोहर प्रधानले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार कलेज अफ मेडिकल साइन्स सँग प्रभु बैँक लिमिटेड का ग्राहक तथा कर्मचारीहरुले सेवा तथा सुबिधा लिएबापत विशेष छुट पाउने भएका छन् । सीओएमएस मा उपचार गर्दा औषधि, सिटि स्क्यान र एमआरआई बाहेक सम्पूर्ण सेवाका साथै एक्सरे र यूएसजि मा समेत २० % सम्म को छुट पाउने छन् ।
प्रभु बैँक लिमिटेड का ग्राहक तथा कर्मचारीहरुले कलेज अफ मेडिकल साइन्स को सुविधा तथा सेवा प्राप्त गर्नको निमित्त बैँकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैँकका अन्य कुनै विद्युतीय प्रणालीद्वारा बिल भुक्तानी गर्नुपर्ने छ । तर यो सुविधा प्राप्त गर्नको लागि प्रभु बैँक लिमिटेड का ग्राहक तथा कर्मचारीहरुलाई परिचयपत्र तथा परिवारको सदस्यको लागि नाता खूल्ने कागजात अनिवार्य पेशगर्नुपर्ने बैँकले जनाएको छ ।
“बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३१५ शाखा कार्यलयहरु, २८६ एटीयम साथै ६९ भन्दा बढी एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकहरुलाई बैँकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।