काठमाडौं- एनएमबी बैंक लिमिटेडले व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि प्रि–ओन्ड (सेकेन्ड–ह्यान्ड) विद्युतीय सवारी (ईभी) खरिद गर्न नयाँ कर्जा सुविधा सुरु गरेको छ।


ADVERTISEMENT


दिगो बैंकिङप्रति आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै बैंकले हरित यातायातलाई सहज र पहुँचयोग्य बनाउने उद्देश्यले यो योजना सार्वजनिक गरेको हो।


ADVERTISEMENT

# # #


नयाँ कर्जा योजनाअन्तर्गत व्यक्तिदेखि व्यवसायसम्मले प्रि–ओन्ड चारपांग्रे विद्युतीय सवारी खरिदका लागि आकर्षक वित्तीय सुविधा लिन सक्नेछन्। बैंकका अनुसार कर्जा प्रक्रिया सरल, छिटो र ग्राहकमैत्री बनाइएको छ।

इच्छुक ग्राहकहरूले देशभर रहेका एनएमबी बैंकका शाखा कार्यालय वा बैंकका डिजिटल माध्यमबाट सहजै कर्जाका लागि आवेदन दिन सक्नेछन्।

एनएमबी बैंकले हाल देशभर १९८ शाखा, १७६ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकले आगामी दिनमा पनि हरित वित्तीय सेवा र वातावरणमैत्री लगानीलाई प्राथमिकता दिँदै नवीन बैंकिङ सेवा विस्तार गर्ने जनाएको छ।