काठमाडौँ – संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित प्रधान्यायाधीश प्रकाशमान सिंह राउतविरुद्ध उजुरी दिने व्यक्तिहरुसंग छलफल गरेको छ ।


ADVERTISEMENT


सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले उजुरीकर्तालाई बोलाएको उजुरीको विषयमा छलफल गरेको हो । बैठकमा केही उजुरीकर्ता स्वयं उपस्थित भएर उजुरीको औचित्य पुष्टि गर्न खोजेका थिए भने केही उजुरीकर्तासंग समितिले भिडियोमार्फत छलफल गरेको थियो ।


ADVERTISEMENT

# # #


समितिमा राउतविरुद्ध ६ वटा उजुरी परेका थिए । जसमा मूल्यांकन गर्ने क्षमता नभएको, जग्गा प्रकरण झगडिया लगायत रहेका छन् । समितिले बुधबार प्रस्तावित प्रधान्यायाधीश राउतको सुनुवाई गर्ने जनाएको छ ।

भदौ ३१ मा बसेको संवैधानिक परिषद्को बैठकले राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।