काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको प्रभावकारी तयारी नभएका कारण प्राकृतिक प्रकोपबाट धेरै धनजनको क्षति भएको बताएका छन् ।


ADVERTISEMENT


मंगलबार बाढीका कारण डुवानमा परेको उपत्यकाका केही स्थानहरुको अवलोकनका साथै पीडितहरुसंग छलफल गर्दै प्रचण्डले पूर्वतयारी कमजोर भएकै कारण बढी क्षति भएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


विपदपछि पनि सरकारले उद्वार र राहतमा ढिलाइ गरेको उनले बताए । विपदका कारण देश अप्ठेरो अवस्थामा रहेकाले अहिले सरकारको विरोध गर्नुभन्दा सबै मिलेर उद्वार, राहत र पुनस्र्थापना गर्नुपर्ने उनले बताए ।

अध्यक्ष प्रचण्डले पार्टीले सक्ने जति पार्टीका नेता कार्यकर्ताबाट र बाकी सरकारलाई आग्रह गरेर पीडितहरुलाई पुरानै अवस्थामा पुर्याउने प्रतिबद्धता व्यक्त गरे । जनजीवन सहज बनाएर सबै पीडितलाई दशै मनाउनसक्ने वातावरण बनाउन सरकारले पुनर्स्थापनाको काम युद्धस्तरमा अघि बढाउनुपर्ने उनले बताए ।

पीडितहरुले अझै उद्वारको काम नसकिएको, धेरै मानिसहरु घरबारबिहीन भएको, विद्यार्थीको पठनपाठन प्रभावित भएको गुनासो गरेका थिए । त्यसअघि प्रचण्डले सुरु गरेको स्वयंसेवक परिचालन अभियानको काठमाडौ बल्खुको सुकुम्बासी वस्तीमा शुभारम्भ गरेका थिए ।