काठमाडौँ – नेपालका लागि भारतीय राजदूतावासले काठमाडौँमा १५५औँ गान्धी जयन्ती मनाएको छ । काठमाडौँस्थित दूतावासमा एक कार्यक्रम गरी जयन्ती मनाइएको हो ।
सो अवसरमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले दूतावास परिसरमा रहेको महात्मा गान्धीको शालिकमा पुष्पगुच्छा अर्पण गरे । यस्तै सुर सुधा ब्याण्डकी सरस्वती खत्रीले महात्मा गान्धीप्रति समर्पित भजन तथा सांगीतिक रचनाहरू प्रस्तुत गरिन् ।
कार्यक्रममा नेपाल चरखा प्रचारक गान्धी–तुलसी स्मारक महागुठीका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो । सो अवसरमा राजदूतले दूतावासका सरसफाई कर्मचारीहरुलाई सम्मान गरेका थिए ।





























































