काठमाडौँ–  हालैको बाढीपहिरामा परी मृत्यु हुनेको संख्या २३३ पुगेको छ ।  यस्तै २२ जना बेपत्ता छन् । अन्य १६९ जना घाइते भएका छन् ।


ADVERTISEMENT


गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार  हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १२० जनाको उद्धार गरिएको छ ।


ADVERTISEMENT

# # #


सरकारले उद्धार र सहायता परिचालनलाई उच्च प्राथमिकता दिएको तथा  अवरुद्ध राजमार्ग मर्मतसम्हार गरी यातायातका साधन सञ्चालन गर्न अथक प्रयास गरिरहेको छ ।