काठमाडौँ–  नेपालमा हुन्डाई गाडी उत्पादन गर्ने लक्ष्मी मोटर कर्पोरेशनले भेन्यु ई भेरियन्टको उत्पादन पनि सुरु गरेको छ। कर्पोरेशनले २०२४ मे बाट भेन्यु ई र एसएक्स उत्पादन सुरु गरेको थियो। लक्ष्मी मोटर कर्पोरेशन, नेपालको लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलको एक भगिनी संस्था हो।


ADVERTISEMENT


कम्पनीले नेपालमा हुन्डाई भेन्यु को व्यवसायिक उत्पादन सुरु गरिए सँगै हुन्डाई नेपाल : मेड फर योर जोर्नी क्याम्पेन पनि सुरु गरेको थियो। हालसम्म करिब २५० गाडी आफ्ना डिलरहरु मार्फत बिक्री गरिसकेको जनाएको छ। हुन्डाई भेन्यु ई को प्रारम्भिक मूल्य सिमित अवधिको लागि ४०,९६,००० कायम गरिएको छ। यद्यपि यसमा हाल चलिरहेको दसैँ तिहार लक्षित योजना र थप डिस्काउन्ट नहुने कम्पनीले जनाएको छ।


ADVERTISEMENT

# # #


हाल नेपालमा उपलब्ध भेन्य का अरु भेरियन्टहरुको मूल्य भेन्यु (एस) १.२ को ४४,९६,००० र भेन्यु (एसएक्स)१.२ को मूल्य ५३,५६,००० कायम गरिएको छ िकम्पनीले मेड इन नेपाल हुन्डाई ख्भलगभ मा १० वर्षको निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी प्रदान गर्ने जनाएको छ।
लक्ष्मी मोटर कर्पोरेशन, नेपालमा लक्ष्मी ग्रुपको लगानी तथा हुन्डाई मोटर कम्पनी सँगको प्राविधिक सहकार्यमा स्थापना भएको हो ।

स्वदेशमा नै उत्पादन गरी देशको औद्योगिकरण, आयात प्रतिस्थापन, रोजगारी सृजना, आन्तरिक राजस्वमा वृद्धि, शीप तथा प्रविधि विकास, सहायक उद्योगको स्थापना, आन्तरिक श्रोत तथा विद्युतको खपत, कुल गृहश्थ उत्पादनमा योगदानका साथ साथै उपभोक्तालाई सहुलियत मूल्यमा सवारी साधन उपलब्ध गराउने उद्देश्य रहेको कम्पनीले जानकारी गराएको छ ।

लक्ष्मी मोटर कर्पोरेशनले थप भेरिएन्ट तथा अरु मोडेलहरु पनि उत्पादन बढाउँदै जाने योजना रहेको जनाएको छ ।