काठमाडौँ– नेपाली कांग्रेसका बाग्मति प्रदेश सभापति ईन्द्र बानियाँले बाढी पहिरोले क्षति पुगेका ग्रामीण सडक मर्मत सम्भारका लागि उपप्रधान एवम् शहरी विकासमन्त्री सिंहले गणेशमान सिंहको ध्यानाकर्षण गराएका छन् ।


ADVERTISEMENT


सभापति बानियाँले आइतबार शहरी विकास मन्त्रालय पुगेर पछिल्लो अविरल वर्षाका कारण मकवानपुर जिल्ला ग्रामीण सडकहरूमा क्षति पुगेको भन्दै मर्मत सम्भार गरिदिन मन्त्री सिंहलाई आग्रह गरेका हुन् । पर्वको समयमा उचित मार्ग नहुनुले स्थानिय तथा यात्रुलाई आवत–जावतमा सकस परेको उनको भनाई छ ।


ADVERTISEMENT

# # #


 

जवाफमा उपप्रधान एवम् शहरी विकासमन्त्री सिंहले गणेशमान सिंह मार्गको स्तरोन्नतिका लागि आफ्नोतर्फबाट सहयोग हुने आश्वासन दिएका छन् ।

गणेशमान सिंह मार्गको स्तरोन्नतिको मागका निमित्त बानियाँसहित नेपाली कांग्रेस बागमती प्रदेश सदस्य पुरुषोत्तम ठकुरी, महासमिती सदस्य भरत लामा,संगठन बिभाग प्रमुख शैलेन्द्र राज बानियां, थाहा नगरकार्य समिती सभापती प्रमोद जोशी, थाहा नगरपालिका–६ का वडाध्यक्ष राजेन्द्रभक्त श्रेष्ठ, मकवानपुर–काठमाडौँ सम्पर्क समिती सभापती तेज प्रसाद घिमिरे लगायत कार्यकर्ताहरू मन्त्रालयमा पुगेका थिए ।